arrow

काठमाडौँ वर्ल्ड स्कुलको नेपाल टुर अभियान, उन्नतिशील शिक्षामा केन्द्रित हुने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
kathmandu-nepal-tour.JPG

पोखरा । अन्तर्राष्ट्रियकरण शिक्षा प्रदान गर्दै आएको भक्तपुर सूर्यविनायकस्थित काठमाडौँ वर्ल्ड स्कुलले नेपाल टुर अभियान जारी राखेको छ । देशका प्रमुख शहरहरुमा पुगेर स्कुल र स्कुलबाट प्रदान गरिने शिक्षाको प्रचारप्रसार गरिएको छ । यस क्रममा पोखरामा पनि एक कार्यक्रम आयोजना गरी स्कुल र स्कुलले प्रदान गर्ने शिक्षाका बारेमा जानकारी गराइएको थियो ।

स्कुलका अध्यक्ष ई. मिथिलेश कुमार झाले विश्वको जुनसुकै बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताए । उनले नेपालको शैक्षिक पाठ्यक्रम अहिलेको समय परिवेश अनुसार नभएको भन्दै नयाँ पाठ्यक्रम निर्माणमा जोड दिए ।

आफूहरूले नेपालीको शैक्षिक पाठ्यक्रमका साथै अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई शिक्षा दिइरहेको उनले स्पष्ट पारे । उन्नतिशील शिक्षा आजको आवश्यकता भएको भन्दै उनले नेपालबाटै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै शिक्षाका नाममा वर्षेनी बिदेसिने अरबौँ रुपैयाँ स्वदेशमै रोक्ने आफूहरूको सपना रहेको बताए ।

स्कुलको भौतिक संरचना अन्तर्राष्ट्रियकरणै भएको र स्कुलद्वारा सञ्चालित होस्टेल थ्री स्टार होटेल सरह भएको उनले बताए । अध्यक्ष झाले विद्यालयमा ए लेभल सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै स्कुल सञ्चालकहरू नेपालकै प्रतिष्ठित व्यक्तित्वहरू रहेको बताए ।

स्कुलका प्राचार्य केशरबहादुर खुलालले विद्यालयले उन्नतिशील शिक्षालाई ध्यान दिने हो भने हार्डवेयर स्टक्चरका साथै सफ्टवेयरलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले काठमाडौँ वर्ल्ड स्कुलले विद्यालयको उत्कृष्ट भौतिक संरचनासँगै उत्कृष्ट शिक्षकहरूको व्यवस्थापनमा विशेष जोड दिएको बताए । उत्कृष्ट विद्यालय सञ्चालनका लागि योग्य र समर्पित शिक्षक, कक्षामा सीमित विद्यार्थी सङ्ख्या र यथेष्ट श्रोत र साधन हुनुपर्ने भन्दै काठमाडौँ वर्ल्ड स्कुलमा यी सबै प्राप्त हुने बताए ।

हरेक व्यक्तिको चाहना आर्थिक सुनिश्चितता, स्वस्थ जीवन र सामाजिक पहिचान हुने भन्दै यी सबै काठमाडौँ वर्ल्ड स्कुलबाट प्राप्त गर्न सकिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ