arrow

विद्यालय तत्काल बन्द गर्नु, नमान्नेलाई कार्यवाही गर्नु: संसदीय समिति

'विद्यालय सञ्चालकहरूको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । कोरोना सङ्क्रमणको गतिलाई नियन्त्रणमा राख्न भौतिक उपस्थिति हुने गरी पढाइ नगर्न र वैकल्पिक विधिमार्फत कक्षा सञ्चालन गर्न संसद्को समितिले सरकारलाई निर्देशन दिएको छ । 

शुक्रवार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सरकारलाई कोरोना सङ्क्रमणको गतिलाई नियन्त्रणमा लिन र जोखिम कम गर्न तत्काल विद्यालय बन्द गर्न निर्देशन दिएको हो । 

बैठकले विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पनि विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।

समितिले विद्यालय बन्द भएपछि शिक्षण सिकाइका लागि वैकल्पिक विधिमार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । यस्तै विद्यालय बन्द गर्न नमान्नेलाई कडा कार्यवाही गर्नसमेत समितिले निर्देशन दिएको छ । 

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर यो निर्णय लिएको हो । निर्देशनमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्न जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।

बैठकमा समितिका सदस्य रमेशजंग रायमाझीले विद्यालय सञ्चालकको चलखेलका कारण सरकारले विद्यालय बन्द गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले प्याब्सन र एन-प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको र विद्यार्थीहरूको स्वास्थ्यमा खेलबाड गरिएको आरोपसमेत लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ