arrow

घुस नलिने ३४ ट्राफिक सम्मानित

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
traffic2.JPG

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई बुधवार एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

सम्मानित हुनेहरू मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरूमा प्रहरी हवलदार भीम बहादुर बोहरा र वसन्त कुमार गौतम, प्रहरी जवानहरू क्रमशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि।क। र शङ्कर कुमार पन्त रहेका छन् ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएका छौँ, फलस्वरूप घुस दिन खोज्ने १३६ जना चालकहरूलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाही पश्चात् हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकहरूलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उनले बताए ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घन पश्चात् हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ छ ।

यसरी आर्थिक पारदर्शिता एव शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एव सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

चालु आ।ब।मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १३६ जना सवारी चालकहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ