arrow

प्रतिनिधिसभा बैठक बस्दै, नवीन्द्रराज जोशी र भण्डारीको निधनप्रति शोक प्रस्ताव पेश हुँदै

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिने छ ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

सरकारले बिजनेश नदिएपछि संसद बैठक औपचारिकतामै सीमित हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले भेटेर संसद सुचारु गर्ने सम्बन्धमा छलफल गरे पनि सही जवाफ भने पाएका छैनन् । 

ओलीले यो अधिवेशन सकाएर बजेट अधिवेशन शुरु गर्ने तयारी थालेको बुझिएको छ । 

बुधबार विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ । विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ