arrow

फटाहा अमेरिकन नागरिक टेलरलाई सिआईबीले समात्यो

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
pakrau9.jpg

काठमाडौँ । बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको मंगलवार एक सूचना जारी गरी जनाएको छ ।

निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलवार कास्कीको पोखरा महानगरपालिका-१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो ।

 उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ