arrow

प्रदेश २ मा विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न टाटाले पायो ४ अर्बको ठेक्का

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
TATA-logo.jpg

काठमाडौँ। भारतको सबैभन्दा तीव्र र प्रशंसनीय पूर्वाधार कम्पनी टाटाले प्रदेश २ का ८ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न करिब ४ अर्ब नेपाली रुपैयाँ बराबरको ठेक्का पाएको छ। नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबिच ग्रामीण विद्युतीय आयोजना कार्यान्वयनका लागि सम्झौता भएको कम्पनीले बुधवार जनाएको छ।

मीण विद्युतीय आयोजना कार्यान्वयनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। त्यसमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो।

५ लटमा सम्पन्न हुने गरी योजनालाई विभाजन गरिएको छ। योजना अन्तर्गत जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन ३३-११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका ८ वटा सब स्टेसनको र ३३-११ केभी, ८ एमभिए क्षमताका दुई वटा सब स्टेसनको निर्माण गरिनेछ।

त्यस्तै प्रदेश २ का जिल्लाहरूमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र १ हजार सर्किट किलोमिटर ४ सय भोल्टको नयाँ लाइन निर्माण गरिनेछ।

३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना पछि प्रदेशको विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई ८ वटै जिल्लामा पर्याप्त विद्युत्को पहुँच हुनेछ।यो योजनाका लागि नर्वे सरकारले दिएको ३ करोड ५० लाख अमेरिकी डलर अनुदान एसियाली विकास बैङ्कमार्फत सञ्चालित हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ