arrow

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै

logo
हरि पन्त,
प्रकाशित २०७७ चैत १२ बिहिबार
deuba-poudel.png

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आउने भएका छन् । यही चैत १७ गते उनीहरू पोखरा आउने भएका हुन् ।  प्रथम प्रदेशस्तरीय आदिवासी जनजाति भेला एवं प्रशिक्षण कार्यक्रमलाई संशोधन गर्ने सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउने भएका हुन् ।  कार्यक्रममा उनीहरूको साथमा पार्टीका पदाधिकारी र जनजाति सङ्घका नेताहरू पनि सहभागी हुने बताइएको छ ।

भेला एवं प्रशिक्षण नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घ र कांग्रेसको आदिवासी जनजाति विभागले संयुक्त रूपमा आयोजना गर्न गर्न लागेका हुन् । कार्यक्रम अन्तर्गत चैत्र १७ गते भेला र १८ गते प्रशिक्षण हुनेछ । प्रशिक्षणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको आदिवासी जनजाति विभाग प्रमुख सीता गुरुङले जानकारी दिइन् ।
 
उनका अनुसार प्रदेशका प्रत्येक जिल्लाबाट सात जनाका दरले प्रतिनिधि प्रतिक्षणमा सहभागी गराइने छ । साथै गण्डकीमा रहेका १४ वटै जातिका एक  एक जना प्रतिनिधि प्रशिक्षणमा सहभागी गराइने प्रमुख गुरुङले जानकारी दिइन् । सबै क्षेत्रको प्रतिनिधित्व गराउँदा प्रशिक्षणमा करिब १५० जना सहभागी हुने अनुमान गरिएको  छ ।

प्राध्यापक बालकृष्ण मखुहाङ, लालबहादुर पुन, आनन्द सन्तोषी राई र बालकृष्ण खाँडले विभिन्न शीर्षकमा प्रशिक्षण दिने बताइएको छ ।

आदिवासी जनजाति समस्या राष्ट्रिय समस्या हो : गुरुङ
 नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख सीता गुरुङले आदिवासी जनजाति समस्या राष्ट्रिय समस्या भएको बताएकी छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेतृ गुरुङले यो समस्या समाधान नभएसम्म समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने स्पष्ट पारिन् ।उनले हिजोका दिनमा जातीय राज्यको सपना बाँडेर आदिवासी जनजातिलाई भुलाउने काम मात्र गरेको आरोप लगाइन् ।

कम्युनिस्टले सधैँ भ्रमजाल फालेर आफू सत्तामा मात्र पुग्ने गरेको भन्दै नेतृ गुरुङले अब त्यस्ता भ्रममा कोही पनि नपर्ने र नेपाली कांग्रेसलाई बलियो पार्टी बनाउन लागिपर्ने उद्घोष गरिन् । कम्युनिस्टहरू लोकतन्त्र मास्ने काममा मात्र उद्धत रहेको आरोप लगाउँदै उनले लोकतन्त्रको रक्षा र मुलुक राजनीतिक सङ्कटमा पर्दा कांग्रेसले निकास दिएको प्रसङ्ग उल्लेख गर्दै अब पनि कांग्रेसले नै मुलुकको नेतृत्व गर्ने स्पष्ट पारिन् ।

आदिवासी जनजाति सङ्घका अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिहरू कहिल्यै पनि कम्युनिस्ट बन्न नसक्ने स्पष्ट पारे । उनले सबै आदिवासी जनजाति शुद्ध कांग्रेस भएर अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै कम्युनिस्टले सधैँ झुकाउने र भुलाउने काम मात्र गरेको बताए ।

कांग्रेसको पार्टीभित्र आदिवासी जनजातिका समस्या कसरी संशोधन गर्दै सबैलाई प्रतिनिधित्व गराउन सकिन्छ भन्ने विषयमा छलफल र बहस भइरहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ