arrow

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ चैत १२ बिहिबार
police-border-baramad.jpg

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैयाँ मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैयाँ मूल्य बराबरको अमूल फ्रेस क्रिम २ कार्टुन, मक्खन ४ कार्टुन, पास्ता ५ किलो, जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैयाँ मूल्य बराबरको २ सय ४० लिटर डिजेल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो । 

उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउँदै लैजाँदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी  मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । यसै गरी सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मूल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ ।

बरामद भएका सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ