arrow

काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव भेटियो

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ ।  काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अन्दाजी २० र २५ वर्षका जस्तो देखिने दुई युवकको शव भेटिएको हो ।

एसएसपी सिंहले अहिले आफू घटनास्थलमा नै रहेको जानकारी दिए ।  ‘म घटनास्थलमा नै छु, दुई युवकको शव फेला परेको छ, उनीहरूको पहिचान खुलेको छैन, तर घटनास्थलमा दुई वटा विषादीको बट्टा फेला परेको छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले हाम्रा कुरासँग भने ।

उनले मृतकको पहिचान खोज्नेतर्फ प्रहरी अघि बढ्ने भन्दै थप अनुसन्धान पनि अघि बढाउने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ