arrow

संसदबाट समाधान खोज्न हामीलाई बाध्यतात्मक अवस्था सिर्जना भयो : प्रदीप ज्ञवाली

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
Pradeep_gawali.jpg

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले दुइवटै मुद्दा हारेपनि आलोचना र आच्छेप नलगाएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा एमालेकातर्फबाट बोल्दै उनले , ‘सरकार वा प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं तर अदालतलाई कुनै आलोचना वा आच्छेप लगाएका  छैनौं ।’

प्रतिनिधि सभा विघटनको निर्णय र एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएकोप्रति फैसलालाई इङ्गित गर्दै उनले दुईवटा मुद्दा हारेको बताएका हुन् ।

मन्त्री ज्ञवालीलले प्रतिगमनको गलत ब्याख्या भएको उल्लेख गर्दै उनले सदन अग्रगमनतर्फ अघि बढ्नुपर्ने बताए । सरकारले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गर्दै गएपनि सरकारका हरेक कदमलाई प्रतिगामी भन्नु गलत भएको धारणा राखे ।

आफूहरु ताजा जनादेशमा जान खोजेपनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य भएको उनको भनाइ थियो । सदन शुरू हुनेवित्तिकै अध्यादेशहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि एसिड आक्रमण सम्बन्धी अध्यादेशसमेत पेश गर्न अवरोध गरिएको उनको आरोप थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ