arrow

कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको छ : प्रचण्ड

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
prachanda23.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने तयारी भइरहेको बताएका छन् ।

बिहीबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । उनले आफू र आफ्नो दल प्रधानमन्त्रीमा दाबी नरहेको पनि प्रष्ट पारे । 

उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ किनकी पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन गराएका छौं ।’

प्रचण्डले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस कुनै हालतमा पूरा हुन नदिने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ