arrow

विधान मिच्न पाइँदैन, आत्मसमर्पण गर्ने कुरा आउँदैन –बेदुराम भुषाल

logo
प्रकाशित २०७७ फागुन २९ शनिबार
beduram_bhushal.JPG

काठमाडौं । नेकपा एमालेका नेता बेदुराम भुषालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान मिचेको आरोप लगाएका छन् । ओलीले शुक्रबार एमालेको माधवकुमार नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाउने क्रममा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएपछि नेता भुषालले ओलीले विधान मिचेको आरोप लगाएका हुन् । 

उनले आफूहरुले आत्मसमर्पण गर्ने कुरा नआउने बताए । उनले पार्टी फुटाउने कुरा पनि नआउने बताउँदै एमालेलाई फेरि एक बनाउने अभियानमा लाग्ने बताएका छन् । उनले भने, ‘अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्गठन गनुपर्दथ्यो । तर अध्यक्ष केपी शर्मा ओलीले विघटन गर्नुभयो । हामी पुनर्गठनको अभियानमा जान्छौं ।’

‘महाविधेशनबाट निर्वाचित सदस्यलाई कमिटीले त हटाउन सक्दैन भने अध्यक्ष केपी ओली एक्लै कोही छैन’, नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उनले भने, ‘ १४ जना पदाधिकारीमा ४ जनामात्र पदाधिकारी ओलीतर्फ हुनुहुन्छ । अध्यक्ष महासचिवले भनेर हुँदैन । कसैले पनि हटाउन सक्दैन ।’

नेता भुषालले भने, ‘एमालेको विधानले नै बोल्छ नि । पार्टी विधानअनुसार चल्ने हो । पद खाली भयो भने महाधिवेशनमा जानुपर्छ ।’

शुक्रबार भएको ओलीले डाकेको बैठकलाई ‘गुटको बैठक’ भएको आरोप लगाउँदै उनले भने, ‘उहाँले स्वेच्छाचारी गर्नुभयो । पदाधिकारी थप्न हटाउन कमिटीले सक्दैन । केन्द्रीय सदस्य थप्न पार्टीको दुईतिहाइ समर्थन चाहिन्छ ।’

उनले ओली कम्युनिष्ट समाप्त पार्न अगाडि बढेको आरोप लगाउँदै भने, ‘कम्युनिष्ट समाप्त पार्न ओलीजी लाग्नुभएको छ । उहाँसँग केन्द्रीय कमिटीमा बहुमत नै छैन । भएको भए त हामीलाई बोलाउनु हुन्थ्यो नि । विधान संशोधन गर्ने अधिकार पनि अध्यक्षलाई छैन । महाविधेशनले बाहेक कसैले विधान संशोधन गर्न सक्दैन ।’

तपाईहरुलाई त ओलीले भित्तामा पुर्याउनु भयो नि भन्ने प्रश्नमा उनले भने, ‘भित्तामा कसले कसलाई पुर्यायो हेर्दै जाऔं । हामी एमालेलाई फेरि एक बनाउन जुट्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ