arrow

सत्ता समीकरणबारे छलफलमा जसपा : ५ बजे प्रधानमन्त्रीलाई भेट्दै 

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
UML-JSP-NCP1.jpg

काठमाडौं। जनता समाजवादी पार्टीले आगामी सत्ता समीकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।जसपाको बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले वर्तमान राजनीतिक गतिरोधको निकास र सत्ता समीकरणबारे मुख्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । 

जसपाका एक नेताका अनुसार जसपाका नेताहरू यसअघि आफूखुसी दलका नेताहरूसँगको छलफलमा गएको भए पनि अब संयुक्त रूपमा जाने बैठकले निर्णय गरेको छ । 

बिहीबारको बैठकले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोलाई सो जिम्मेवारी दिएको हो । उनीहरू सबै जना ५ बजे प्रधानमन्त्रीसँगको छलफलमा बालुवाटार जाँदै छन् । 

छलफलमा उनीहरूले संविधान संशोधन र सांसद रेशम चौधरीको रिहाइ बारे आफ्ना माग दोहोर्‍याउने बताइएको छ । यस्तै संसद्मा रिक्त उपसभामुख पदका विषयमा पनि छलफल हुने बताइएको छ । 

यसपछि जसपा नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा लगायत अन्य दलका नेताहरुसँगसमेत छलफल गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ