arrow

प्रतिनिधि सभाको अर्को बैठक फागुन २६ मा

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
samsad4.jpg

काठमाडौँ। प्रतिनिधि सभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीपछि संसद् सचिवालयले बैठक स्थगित भएको सूचना टाँसेको छ ।

 काँग्रेसको नाराबाजीसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै काँग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ