arrow

महिला, किशोरीलाई आत्मरक्षा तालीम

logo
रासस,
प्रकाशित २०७७ फागुन २२ शनिबार
self_defence.jpeg

नेपालगन्ज। महिला तथा किशोरीका लागि तीन दिने आत्मरक्षा तालीम नेपालगन्जमा सुरु भएको छ। एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका मूल समारोह समितिको आयोजनामा शुक्रवार देखी महिलाका लागि तीन दिने तालीम सुरु गरिएको हो।

तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले शारीरिक र मानसिक रूपमा सक्रिय भएमा महिलालाई आत्म सुरक्षामा सहयोग पुग्ने बताइन। उनले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गरिन्।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरिन्। उनले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताइन।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोलेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ