arrow

'ओलीले सबै सेटिङ्ग गरिसकेका छन्, सरकार कसरी चलाउन सकिन्छ ?'

काँग्रेसको रणनीति सत्ता होइन आगामी निर्वाचन केन्द्रित हुनुपर्छ : पौडेल

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन २० बिहिबार
Ramchandra-Poudel.jpg

कावासोती । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको अबको रणनीति सत्ता नभएर आगामी निर्वाचन हुनु पर्ने बताएका छन् । बिहीबार पूर्वी नवलपरासीको कावासोतीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन ।

नेपाली कांग्रेस भित्र सरकारमा जाने या नेतृत्व गर्ने भन्ने विषयमा बहस चलिरहँदा कार्यकर्ता भेटघाटमा पूर्वी नवलपरासी आएका पौडेलले वर्तमान परिस्थितिमा सरकार जाने कुरा कांग्रेसको हितमा नभएको टिप्पणी गर्दै झन्डा हल्लाउन र प्रधानमन्त्री बन्न मात्रैका लागि सरकार जान नहुने तर्क गरेका छन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले भने "उनीहरूको पार्टी फुट्दा पनि हामी तेस्रो दलनै हो, तेस्रो दलले सत्तामा गएर जनताका अपेक्षा कसरी पूरा गर्न सकिन्छ ? त्यसै माथि तल देखि माथि सम्म केपी शर्मा ओलीले सबै सेटिङ्ग गरिसकेका छन्, यो अवस्थामा गएर सरकार कसरी चलाउन सकिन्छ ?" राजनीति गतिरोध फुकाउनका लागि कांग्रेस सत्ता बाहिर रहेर समर्थन गर्न सकिने पौडेलको भनाई थियो ।

बिहिवार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आए नभाग्ने बताएका थिए । आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले , “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भए भने अरूको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” भनेका थिए ।  

पार्टीको आन्तरिक राजनीतिको बारेमा बोल्दै पौडेलले नेतृत्वको अहिलेको पाराले तोकिएको मितिमा पार्टीको महाधिवेशन नहुनेको भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् । विधान अनुसार समयमा अधिवेशन गर्न नसकेर संविधानको भर परेको वर्तमान अवस्थामा तोकिएको समयमा अधिवेशन गरेर पार्टीलाई पुर्नजिवन दिनु पर्ने पौडेलको तर्क थियो । पार्टी तदर्थवादमा चलेको बताउँदै पौडेलले भातृ संस्थाको अधिवेशन हुन नसक्दा पार्टी कमजोर भएको समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ