arrow

संसद भवनको अवलोकन गर्दै सभामुखले भने: अब दलहरुसँग परामर्श गर्छु

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
agni16.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनको सोमबार अवलोकन गरेका छन् ।

फागुन २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवस्थाबारे बुझ्न उनी संसद भवनभित्रको अवस्था बुझ्न अवलोकनमा गएका हुन् ।

अवलोकनका क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने बताए । सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसदहरुको लागि एउटै लहरका कुर्सी व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटै लहरमा बस्ने छन् ।

सभामुख सापकोटाले सचिवालयका अधिकारीहरुलाई ओली र प्रचण्ड-नेपाल समूहलाई छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएपनि नियमावली अनुसार नमिल्ने भन्दै सचिवालयले एउटै लहरमा मिलाएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ