arrow

पूर्व मिस नेपाल श्रृंखला वल्डलिंकको सद्भावनादूत 

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
world-link-shrinkhala-khati.jpg

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ब्रोडब्यान्ड सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशन्स लिमिटेडले पूर्व मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूत बनाएको छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित शृंखला नेपालकै चर्चित व्यक्तित्वहरूमध्ये एक हुन् ।

वल्डलिंकले उनी आजका महिलाहरूको लागि प्रेरणादायी भूमिकामा रहेको जसले ‘जीवनका हरेक पक्षमा अब्बल हुनुबाहेक अरू केही चाहिनन्’ भन्दै कम्पनीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएको छ । 

वल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, ‘नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्डलिंक सधै प्रयासरत रहेको छ । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुशी छौं । उत्तम विचारसँगै सुन्दरता अनि सामाजिक हितका लागि आफ्नो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यक्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।’

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, “नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वल्र्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु । वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु-याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेकोछ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको  प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वल्र्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।”

शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी ‘उत्कृष्ट बाह्रौ’ मा पर्न सफल भएकी थिइन् । उनलाई ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको हो उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाल लगायतको पनि उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ