arrow

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ : प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
prachanda23.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनाअनुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले मङ्गलवार पेरिस डाँडामा आयोजना गरेको ‘२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने जिकिर गरे ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरूपण हुने क्रममा रहेको छ । प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केही दिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ ।

 “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उनले भने “ प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।”

संविधान गतिशील र जीवित दस्ताबेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रस्ट पारे ।  

नेकपा मजदुर फ्रयाक्सन इन्चार्ज जय पुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्त्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदुरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरे ।

“जनयुद्ध, जनआन्दोलनमा मजदुर को भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदुर विना पारिश्रमिक कामबाट निष्कासित हुनु परेको छ”, उनले भने । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ