arrow

समाज शिक्षित र विकसित बनाउन विशेष ध्यान : मन्त्री साह

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
udhghatan.JPG

जनकपुरधाम।  प्रदेश २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको बताएका छन्।

मङ्गलवार  सरस्वती पुजाको अवसरमा सप्तरी को हनुमान नगर कंकालिनी नगरपालिका वडा  नम्बर १ भगवानपुर ईनर्वामा  श्री  रा. प्राविको उद्घाटन गर्दै मन्त्री साहले  सो कुरा बताएका छन् ।

सरस्वती पुजाको अवसरमा मन्त्री साहले उक्त भवन उद्घाटन गर्दै भने हामी जनता को माग अनुसार काम गर्दै आएका छौ। समाज शिक्षित र विकसित बनाउन शिक्षामा प्रदेशको विशेष ध्यान रहेको मन्त्री साहले जानकारी गराए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ८६ जना विद्यार्थी रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ