arrow

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिका कारण देशमा राजनीतिक सङ्कट- गगन थापा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन ३ सोमबार
gagan-thapa13.jpg

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य गगन थापाले संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुने चेतावनी दिएका छन् ।
 
संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै नेता थापाले यस्तो चेतावनी दिएका हुन् ।
 
देशलाई संविधानभित्र बसेर नभई सनकका भरमा चलाउन खोजेको नेता थापाले बताएका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रश्न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने हो ? प्रश्न संविधानको शासन हो कि सनकको हो ? प्रश्न विधिको शासन हो कि  सेटिङको शासन भन्ने हो ?’ 
 
उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिका कारण देशमा राजनीतिक सङ्कट सिर्जना भएको बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधानको जगमा हानेको बताउँदै नेता थापाले भने, ‘‘संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुन्छ।’
 
त्यस्तै उनले अहिले चुनावमा जाने कुरै नआउने टिप्पणी गरेका छन् । उनले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरुरी छैन। पुनर्स्थापित संसद्ले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ