arrow

प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ २८ बुधबार
tilak-pariyar-state-2.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश नम्बर दुईको प्रदेश सभाबाट पारित भई आएको ’प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका हुन् ।

प्रदेशको प्रदेशसभाबाट कार्तिक ३ गते पारित भई माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको यस विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरे।

उक्त विधेयकसहित प्रदेश प्रमुख परियारको कार्यकालमा प्रमाणीकरण गरिएका विधेयकको सङ्ख्या १७ पुगेको छ । भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको सङ्ख्या ३९ पुगेको प्रदेश प्रमुखको सचिवालयले ले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ