arrow

प्रतिनिधिसभा विघटन विरुद्धमा पेसाकर्मी र श्रमिकको साङ्केतिक विरोध

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
protest-congress.jpg

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेसाकर्मी तथा श्रमिकद्वारा मुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ। भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेसाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन्। सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूहद्वारा काठमाडौँको टुँडिखेललाई केही समय मानव साङ्लो बनाई घेराउ गरिएको थियो।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुनर्बहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आम नागरिकलाई निःशुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुवाइमा भएको हो।

विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ