arrow

चलचित्र बोर्डमा पप्पु, आमसञ्चार प्राधिकरणमा यादव र काउन्सिलमा भट्टराई नियुक्त

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
papu-bhattrai.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकारले पत्रकार तथा कलाकारसङ सम्बन्धित विभिन्न निकायमा अध्यक्ष  पदाधिकारी नियुक्त गरेको छ।

शुक्रवार प्रदेश सरकारले प्रदेश नम्बर २ को आमसञ्चार प्राधिकरणको अध्यक्षमा सप्तरीका श्याम सुन्दर यादव, मिडिया काउन्सिल प्रदेश २ को अध्यक्षमा शिवहरि भट्टराईलाई नियुक्त गरेको हो ।
 
त्यसैसरि प्रदेश २ को चलचित्र विकास बोर्डको अध्यक्षमा ध्रमेन्द्र मोडवैता (पप्पु) लाई नियुक्त गरेको छ  । पप्पु सङ्घीय नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष पनि हुन । भने काउन्सिलका अध्यक्षमा नियुक्त भट्टराई नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष  हुन ।

शुक्रवार बिहान आठ बजे बसेको मन्त्री परिषद्को बैठकले तिन वटै निकायमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। प्राधिकरणको अध्यक्षमा नियुक्त भएका यादव तत्कालीन सङ्घीय समाजवादी फोरमको पत्रकार सङ्गठन प्रेस नेपालका प्रदेश अध्यक्ष हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ