arrow

जनकपुरमा प्रचण्ड-नेपाल समूहको आम हडतालको प्रभाव न्यून

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ २२ बिहिबार
janakpur-banda.jpg

जनकपुरधाम । नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हडताल जनकपुरधाममा आंशिक प्रभाव देखिएको छ । नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार बन्द सफल पार्न जनकपुरधाममा पनि बन्द गराउन थाले पनि बजार खुल्लै रहेका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहले बन्द गराउँदै जनकपुरधामको विभिन्न चोकहरूमा समेत बन्द गराए पनि बन्द असर न्यून परेको छ। नेपाल बन्दको प्रभाव पूर्व पश्चिम राजमार्ग सुनसान देखिएको छ भने बजार पसलहरू सबै खुलेका हुन् ।

प्रदेश २ को राजधानी जनकपुरधामको पसल बजार खुलेको छ भने बजारमा साना सवारी निर्बाध चलिरहेका छन् ।

जनकपुरधामवाट चल्ने लामो दुरीका सवारी साधन भने चल्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक निकायमा पदपूर्तिको निर्णय असंवैधानिक र एक पछि अर्को संविधान विपरीतको काम गरेको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूह आम हडतालको घोषणा गरेको हो ।

आन्दोलनकारीहरू जनकपुरमा फाट्टफुट्ट विरोध प्रदर्शन गरे पनि बजार खुलेको छ । यद्द्पी लामो दुरीको यातायात बन्द भए पनि छोटो दुरीका सवारी साधन खुल्ला रहेको छ।

धनुषामा त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ