arrow

मुख्यमन्त्री सहभागी कार्यक्रममा भाँडभैलो, सांसद कुर्सीमै बेहोस

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ २१ बुधबार
pradesh-2-bhadbhailo.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको प्रदेशसभा कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।  प्रदेशसभा स्थापनाको तेस्रो वार्षिकोत्सव समारोहमा तत्कालीन राजपाको तर्फबाट मन्त्री जितेन्द्र सोनाल र फोरमबाट मुख्यमन्त्री लालबाबु राउतलाई मात्र वक्ताका रुपमा बोलाइएपछि समारोहमा भाँडभैलो मच्चिएको हो ।

बुधवार सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा मन्त्री सोल र मुख्यमन्त्री राउतलाई मात्र वक्ताका रूपमा बोलाइएपछि अन्य मन्त्रीहरू कार्यक्रम बहिष्कार गरेका छन्।

समारोहमा मन्त्री सोनललाई बोल्न बोलाएपछि राजपाबाट मन्त्री भएका नबल किशोर साह र राम नरेश राय तथा फोरमबाट मन्त्री भएका ज्ञानेन्द्र कुमार यादव मञ्चबाट उठेर बाहिर एका थिए ।

त्यस्तै, प्रदेश २ को प्रदेश सभाको तेस्रो वार्षिकोत्सव समारोह चलिरहँदा एक महिला सांसद कुर्सीमै बेहोस भएकी छन् ।

जनता समाजवादी पार्टीकी समानुपातिक सांसद किरण राय यादव बेहोस भएकी हुन् । कुर्सीमै अचानक बेहोस भएपछि अन्य सांसद र सचिवालयका कर्मचारीले उनलाई उठाएर भवनमा लगेका हुन् ।

प्रदेशसभा सचिवालयको एउटा कोठामा उनको उपचार चिकित्सकले गर्दै छन् । गर्मीका कारण उनी बेहोस भएको एक सांसदले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ