arrow

प्रदेश नम्बर दुईमा योजना पुस्तक सार्वजनिक

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ २० मंगलबार
planning.jpg

जनकपुरधाम । प्रदेश नीति तथा योजना आयोगले प्रदेश नम्बर दुई सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ ।

मङ्गलवार नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बिच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र 'नेपाल प्रोभिन्सियल प्लानिङ बेसाइन एन्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टु' सार्वजनिक गरेका छन् ।

दुवै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरूको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने बताए ।

पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अबको दिनमा गौरवको योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेन मुख्यमन्त्री राउतले बताए । कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको गौरवकै योजनाको रूपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको भन्दै प्रदेश नम्बर दुई मा समग्र स्वास्थ्य क्षेत्रमा माइल स्टोन साबित हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री राउतले प्रतिष्ठान मात्र नभई जिल्ला स्थित अस्पतालहरूलाई समेत जनताको भरोसाको केन्द्र बनाउन आफूहरू लागी परेको बताए ।

प्रदेशको शैक्षिक सुधारका लागि सङ्घीय नीति बाधक रहेको बोल्दै मुख्यमन्त्री राउतले हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तैयारी समेत अघि बढाई सकेको जानकारी गराए।

नीति आयोगमा पदाधिकारीहरू नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगचन्द्र झा सहितको टिमले गर्दै आएको कामको प्रशंसा समेत गरे।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगचन्द्र झाले आवधिक योजना सार्वजनिक गरेको आयोग अब प्रदेशको प्रोजेक्ट बैङ्क निर्माणको कार्यलाई अघि बढाई सकेको र प्रदेशको गौरवको योजनाहरू समेटेर केही महिना भित्रै प्रोजेक्ट बैङ्क समेत सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाकी, कानुन सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ