arrow

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १८ आइतबार
madhesh-swastha.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन्। मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानको उपकुलपतिमा डाक्टर राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त भएका हुन्  ।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन्।
 
नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरवका दिनको रुपमा रहेको बताए।

नवनियुक्त पदाकिारीहरुको लागि अवसर र चुनौती दुबै रहेको भन्दै मुख्यमन्त्री राउतले यसै वर्ष देखि एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गरे। प्रादेशिक अस्पताल जनकपुरधामलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ