arrow

दुई मोटरसाइकलमा आगजनी, ठाउँ–ठाउँमा प्रदर्शन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
496363725.jpeg
सुनसरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरी सदरमुकाम इनरुवा–७ स्थित जिल्ला विकास समितिको कार्यालय अगाडी दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।
सुनसरीको दक्षिणवर्ती गाविसतर्फबाट इन्धन लिएर आइरहेका को १७ प ५१०८ र को ४ प ३०७८ नम्बरको मोटरसाइकलमा मोर्चा कार्यकर्ताले आगजनी गरेको सुनसरी प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
 
ठाउँ–ठाउँमा प्रदर्शन 
प्रहरीसँगको झडपकामा सप्तरीको भारदह र रुपनीमा दुई मोर्चा कार्यकर्ताको मृत्यु भएपछि आइतबार बिहानै देखि सिरहाको लहानसहितका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । सप्तरीमा भएको घटनालगत्तै मोर्चाका कार्यकर्ताहरुले लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । 
 
प्रदर्शनसंगै बजार, पसल पूर्णरुपमा बन्द छन् । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।  सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ