arrow

आईफोनलाई मेडिकल डिभाइसबाट ६ इञ्च टाढा राख्न एप्पलको चेतावनी

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
IPHONE.png

काठमाडौं । आईफोन प्रयोगकर्ताका लागि एप्पलले महत्वपूर्ण जानकारी लागु गरेको छ । आईफोनले मेडिकल उपकरणहरुमाथि हस्तक्षेप गर्ने  भन्दै एप्पलले चेतावनी दिएको हो ।

शनिबार कम्पनीले एक सुरक्षा सम्बन्धी जानकारी सार्वजनीक गर्दै आईफोनमा रहेको चुम्बक र रेडियोले इलेक्ट्रोम्याग्नेटिक पिल्ड उत्सर्जन गर्ने र त्यसले पेसमेकर र डिफिब्रिलेटरजस्ता उपकरणहरुलाई असर गर्ने बताएको हो ।

पेसमेकर मुटुमा रक्तसञ्चालनका लागि कृत्रिम धड्कन उत्पन्न गर्ने उपकरण हो । त्यस्तै मुटुको धड्कनलाई नियन्त्रण गरिराख्न बाहिरी शरिरमा चेस्टगार्ड जस्तै डिफ्रिब्रिलेटरको प्रयोग हुन्छ । एप्पलले आईफोन १२ मोडकलका चारवटै मोबाइलहरुका हकमा यो सूचना जारी गरेको छ ।

मेडिकल डिभाइसमा रहने सेन्सरले चुम्बक र रेडियोवेबसँग प्रतिकृया गर्न सक्ने भन्दै यस्ता मेडिकल उपकरण र आईफोनबीच कम्तिमा ६ देखि १५ ईञ्चको दुरी कायम राख्न एप्पले सुचनामा उल्लेख गरेको छ । आईफोनका म्यागसेफ सामानहरुका हकमा पनि यो लागु हुने एप्पले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ