arrow

सफ्टवेयर चोरी गरेको आरोपमा टेस्लाले पूर्व कर्मचारीमाथि मुद्दा हाल्यो 

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
Alonmosk.png

काठमाडौं । विश्वकै ठूलो कार निमार्ता कम्पनी टेस्लाले आफ्ना पूर्वकर्मचारीमाथि सफ्टवेयर चोरी गरेको आरोपमा मुद्दा हालेको छ ।

सफ्टवयर इन्जिनियर एलेक्स खतिलोभले कम्पनीको सफ्टवेयर फायल आफ्नो व्याक्तिगत ड्रपबक्समा हालेको टेस्लाको दाबी छ ।

उक्त सफ्टवेयर कम्पनीको व्यापारिक गतिविधिहरु स्वसञ्चालन गर्न प्रयोग हुने बताइएको छ । 

उक्त सफ्टवेयरसम्म पहुँच  भएका केही निश्चित कर्मचारीमध्येका एक खतिलोभ भएको टेस्लाको दाबी छ ।

तर, खतिलोभले भने अन्जानमा उक्त फाइल आफ्नो ड्रपबक्समा परेको बताएका छन् । 

उनले कम्पनीले आफुविरुद्ध मुद्दाहालेको पनि एक पत्रिकाले सम्पर्क गरेपछि मात्रै थाहा पाएको बताएका छन् ।

यसअघि सन् २०१९ मा पनि कम्पनीको गम्भीर सुचना चोरी गरेको भन्दै टेस्लाले कम्पनीका पूर्व टेक्निसियन मार्टिन ट्रिपसँग सम्झौता गरेको थियो ।

सन् २००१९ मा सेल्फ ड्राइभिङ स्र्टाटअफ जोक्सका चार कर्मचारी जसले पहिला टेस्लामा काम गरेका थिए । 

उनीहरुलाई पनि गम्भीर सुचना चोरी गरेको आरोप लगाएको थियो । उनीहरुले पनि केही सुचना चोरी गरेको स्वीकारेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ