arrow

देशभरका वडामा कांग्रेसको शक्ति प्रदर्शन, प्रतिनिधिसभा विघटन विरुद्धको आवाज घरघरमा 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
congress-flag.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो । 

यसअघिका विरोधमा उल्लेख्य सहभागीता रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको उल्लेख गर्दै  देउवाले विरोध प्रदर्शनमा घरघरबाट सहभागीता जनाउन अपील गरेका हुन् । 

काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

बिहीबार प्रदर्शन गरेपछि कांग्रेसको संघीयदेखि स्थानीय तहसम्मको सबै क्षेत्र समेटिने छ । 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सबै क्षेत्रमा आफ्नो सन्देश पुर्याउँदै छ ।

यसबाट कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका सबैलाई सुनाउने छ भने ‘वेटिङ गभर्मेन्ट’ का रुपमा रहेको पार्टी भएकाले चुनाव भइहाले पनि त्यसको सन्देश घरघरमा पुर्याउन सघाउ पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ