arrow

ह्वाट्सएपलाई झड्काः नयाँ नीति लागु गर्ने मिति सारियो

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
whatsapp8.jpg

काठमाडौं । फेसबुकसँग डेटा सेयर गर्ने नयाँ नीति लागु गरेको हवाट्सएपले विश्वभर आलोचित बनेसँगै नीति लागु गर्ने समय सारेको छ ।

केही दिनअघि फेसबुकले ह्वाट्सएपमा रहेको फोन नम्बर बाहेकको सबै तथ्यांक फेसबुकसँग सेयर गर्ने नयाँ नीति अघि सारेको थियो ।

यसो हुँदा कयौं प्रयोगकर्ताले आफ्नो डेटा सुरक्षाको खतरा भएको भन्दै ह्वाट्सएपको आलोचना बढेको थियो । ह्वाट्सएप आलोचनामा आएसँगै यस्तै अर्का एप टेलिग्राम र सिग्नलको प्रयोग बढेको छ ।

ह्वाट्सएप चलाउँदा या त नयाँ नीति मान्नु पर्ने अर्थात ह्वाट्सएपमा भएको आफ्नो फोन नम्बर, साथीहरुको सुचना, स्थान जस्ता सूचना फेसबुकसँग सेयर गर्न दिनुपथ्र्यो या ह्वाट्सएप नै नचलाउँनु पथ्र्यो ।

तर, विश्वव्यापी आलोचना भएपछि फेसबुकले यो नयाँ नीति आउँदो फेब्रअरी ८ देखि मे १५ बाट मात्रै लागु हुने बताएको छ । त्यतिबेलासम्म पनि आलोचना बढ्दै, प्रयोगकर्ता घट्दै गयो भने ह्वाट्सएपले यो नीति नै फेर्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ