arrow

एघार प्रतिशतले बढ्यो कम्प्युटरको बिक्री

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
computers.jpeg

काठमाडौं । विश्वभर कम्प्युटरको बिक्री सन् २०२० मा ११ प्रतिशतले बढेको छ । क्यानालिसका अनुसार २०२० को अन्तिम चौमासिकमा विश्वभर सबैभन्दा बढी बिक्री भएको छ । यसमा डेस्कटप, ल्याबटप, नोटबुक र ट्याबलेट सामेल रहेको छ । 

यस दौरान ९ करोड ३ लाख कम्प्युटर बढी बिक्री भएको छ । सन् २०२० मा मात्रै २९ करोड ७ लाख कम्प्युटर बिक्री भएको छ । ११ प्रतिशत बढी बिक्री भएको हो र 

सन् २०१० मा १७ प्रतिशत बढी बिक्री भएको थियो । सन् २०२१ मा यो शिलशिला बढ्दै जाने अनुमान गरिएको छ । २०२१ मा ४६ करोड कम्प्युटर बिक्री हुने अनुमान पनि गरिएको छ । 

सन् २०२० मा सबैभन्दा बढी ल्याबटपको डिमाण्ड रह्यो । २०२१ मा ल्याबटपको माग २७.९ प्रतिशत बढी हुने अनुमान पनि गरिएको छ । 

२०२० मा चिनियाँ कम्पनी लेनोभो कम्प्युटरको बिक्री सबैभन्दा बढी भएको छ । 

किन बढ्यो बिक्री ? 
सन् २०२० मा कम्प्युटरको बिक्री बढ्नुका कारणमा कोरोना नै रहेको छ । घरमै बसेर काम गर्ने क्रम बढेसँगै कम्प्युटरको माग बढेको हो । 

त्यस्तै अनलाइन शिक्षाका कारणले पनि कम्प्युटरको माग बढेको हो । 

कतिपय कम्पनीले अब सधैका लागि घरबाटै काम गर्ने ( पर्मानेन्ट वर्क फ्रम होम) अवधारणा पनि ल्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ