arrow

ह्वाट्सएपले डेटा सेयर गर्ने भनेपछि टेलिग्राम र सिग्नलको डाउनलोड बढ्यो

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
signal-tele.png

काठमाडौं  । जनवरी चारमा ह्वाट्सएपले आफ्नो नीतिमाथि गरेको संशोधनले ह्वाट्सएप प्रभावित भएको छ भने, ह्वाट्सएप जस्तै म्यासेजिङ एप टेलिग्राम र सिग्नलका प्रयोगकर्ता बढेका छन् ।

सन् २०१६ पछि पहिलो पटक जनवरी ४ मा ह्वाट्सएपले ह्वाट्सएपको डेटा फेसबुकसँग सेयर गर्ने नीति सार्वजनीक गरेको थियो । ह्वाट्सएपले प्रयोगकर्ताको म्यासेज बाहेक फोन नम्बर, व्यापारीक सुचना, एवं अन्य जानकारीहरु फेसबुकसँग सेयर गर्ने भएको हो ।

यसोहुँदा गोपनियतामाथि खतरा महशुस गर्दै कयौं प्रयोगकर्ताहरुले ह्वाट्सएपको अभिभावक कम्पनी फेसबुकको आलोचना गरेका छन् ।

यसबीच ह्वाट्सएपको बदलामा सिग्नल एपको डाउनलोड बढेको छ । सेन्सर टावरका अनुसार जनवरी ६ देखि जनवरी १० काबीचमा सिग्नल एप ७५ लाख जनाले अथवा ७५ लाख पटक डाउनलोड भएको छ ।

योसंख्या अघिल्लो साताको तुलनामा ७५ प्रतिशतले बढी हो । विश्वकै धनाड्य एलन मस्कले ट्विटरमा ह्वाट्सएपको बदलामा सिग्नल एप प्रोग गर्न संकेत गर्दै गरेको एक ट्विटले समेत सिग्नलको डाउनलोड बढेको हो ।

त्यस्तै गत बुधबारदेखि आइतबारसम्म टेलिग्रामको डाउनलोड ५६ लाखले बढेको छ । ह्वाट्सएप आफुले ल्याएको नयाँ नीतिले विवादित हुँदै गएको छ ।

ह्वाट्सएप प्रयोग गर्न अब, कित आफ्नो सुचना फेसबुकसँग सेयर गर्न मञ्जुर हुनुपर्नेछ कि ह्वाट्सएप प्रयोग नै गर्न मिल्ने छैन् । जनवरी ४ मा ह्वाट्सएपले यो नीति अघि सारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ