arrow

फेसबुकले मस्तिष्क पढ्न सक्ने र सोचाइ थाहा पाउने प्रविधि बनाउँदै

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
facebook-brain.png

काठमाडौं । फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने र सोचाइ पत्ता लगाएर कार्यमा परिणत गर्नसक्ने प्रविधिको विकास गर्न थालेको छ । यो न्युरल सेन्सरले एलन मस्कको न्युरालिंकजस्तै अन्य न्युरोटेक्नोलोजी भन्दा प्रभावकारी काम गर्ने बताइएको छ ।

फेसबुकले आफ्नो वार्षीकी बैठकमा यस किसिमको न्युरल डिभाइस विकासको योजना सार्वजनीक गरेको हो । यस विषयको कुनै पनि जानकारी आधिकारीक सार्वजनीक गरिएको छैन् ।  तर, बजफिडन्युजले उक्त बैठकमा न्युरल डिभाइसको कुरा उठेको एक अडियो सामग्रीमार्फत फेला पारेको बताउँदै समाचार प्रकाशन गरेको छ ।

फेसबुकले सन् २०१९ मा किनेको ‘सीटीआरएल’ ल्याबमा यो प्रविधिको विकास भइरहेको छ । फेसबुकका टेक्नोलोजि अफिसर  माइक श्रोएफरका अनुसार उक्त सेन्सर मष्तिस्कबाट आएका न्युरल सिग्नलाई ग्रहण गर्न सक्ने भइसकेको छ ।

श्रोएफरका अनुसार यो प्रविधि, टाइपिङ गर्न र भिडियो गेममा कुनै पनि पात्रलाई नियन्त्रण गर्न प्रयोग हुनसक्ने बताएका छन् । यसबाहेक मानिसको सोचलाई गतिविधिमा परिणत गर्नका लागि समेत यो प्रविधि प्रयोग हुनसक्ने छ ।

एलन मस्कको न्युरालिंकको प्रविधि जसरी नै यसले काम गर्ने बताइएको छ । फेसबुकले विकास गरिरहेको विभिन्न प्रविधि अन्तर्गतको यो एक हो ।

यस्तै फेसबुकले टीएलडीआर नाम दिइएको एक उपकरणको समेत विकास गरिरहेको छ । यसले कुनै पनि आर्टिकललाई पढेर सारंश तयार पार्नेछ, यसो हुँदा मानिसहरुलाई पूरै समाचार वा आर्टिकल पढ्ने झन्झट हट्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ