arrow

ठगीको आरोपमा रेमण्डका संचालक संजय अधिकारी सहित ४ जना जेल चलान

किर्ते गरि ५ करोड ठगेको आरोपमा पठाइए जेल

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
sanjay-adhikari-raymond-ncp.jpg

काठमाडौं। किर्तेगरि आफ्नै कम्पनीका संचालकहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेका रेमण्ड सर्टीङका संचालक संजय अधिकारी सहित ४ जनालाई काठमाडौं जिल्ला अदालतले चुनामा पठाउने आदेश गरेको छ । नेकपाका नेताहरुको दवावपछि मुद्धा कमजोर बनाई अदालत पेश गराउन खोजेपनि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 

किर्तेगरि ५ करोड ठग्ने रेमण्डका अधिकारीलाई छुटाउन नेकपाका नेताहरु सक्रिय

रेमण्ड सर्टिङ, दरबारमार्गको उइपी रेष्टुरेण्ट र रेडियो राजधानीको अध्यक्ष समेत रहेका अधिकारी ४ करोड ८७ लाख किर्ते गरि ठगी गरेको आरोपमा पक्राउ परेका थिए। अदालतले अधिकारी सहित उनका छोरा समितर अधिकारी उनका कर्मचारी कृष्ण भट्टराई र सुवर्ण केसीलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। 

पक्राउ परेका अभियुक्त संजय अधिकारी यसअघी प्रहरी हिरासतमा रहेको भनिएपनि दिनभर प्रहरी सुरक्षामा हिड्ने र साँझ सुत्न नर्भिकमा जाने गरेका थिए । उनी त्यहाँ विरामी भएको वहानामा बस्दै आएका थिए। आफूलाई नेकपाको नेता भन्ने अधिकारीलाई नेकपाका नेताहरुले संरक्षण गर्दै आएका छन्। अधिकारी मिटर व्याजका समे्त वद्नाम छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ