arrow

पौडेल समूहको छुट्टै बैठकः ७७ जिल्लामा नै प्रदर्शन गर्न कांग्रेस बैठकमा प्रस्ताव लगिंदै 

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
Ramchandra-Poudel.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र निर्वाचनको तयारीमा लाग्ने कि सडक आन्दोलनमा जाने भन्नेमा बैठकमै चर्काचर्की भएपछि संस्थापन इतर पक्षले छुट्टै बैठक गरी केन्द्रिय समितिमा आन्दोलनको प्रस्ताव लग्दैछ ।

केहीबेर अघि अनामगरमा बसेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रिय सदस्यहरुको बैठकले ७७ जिल्लामा नै संसद विघटनको विरोधमा प्रदर्शन गर्न केन्द्रिय समितिमा प्रस्ताव लग्ने निणर्य गरेको हो ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बैठकले ७७ जिल्लामा नै संसद विघटनको बिरुद्धमा आन्दोलन गर्न केन्द्रिय समितिमा प्रस्ताव लैजाने निणर्य गरेको जानकारी दिए ।

‘अनामनगर बैठकले ७७ वटै जिल्लामा संसद विघटनको बिरोधमा आन्दोलन गर्ने गरी कार्यक्रम तय गर्न केन्द्रिय समितिमा प्रस्ताव लग्ने निणर्य गरेको छ, हामी केन्द्रिय समितिमा जाँदैछौं,’ महामन्त्री कोइरालाले हाम्राकुरासँग भने ।

पार्टीको जारी केन्द्रिय समितिमा सो विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्ष बिच चर्काचर्की पर्दै आइरहेको छ । बैठकमा नेताहरु बीच खटपट बढ्न थालेपछि आन्तरिक छलफल गरेर निणर्यमा पुग्ने गरी पौडेल पक्ष छुट्टै बैठक बसेको थियो ।

गत मंगलबारबाट जारी केन्द्रिय समितिमा सभापति पक्ष संसद विघटनबारे सर्वोच्च अदालतको निणर्य कुरेर थप कदम चाल्नु पर्ने पक्षमा उभिंदै आएको छ । सो पक्ष निर्वाचन आयोगले सत्तारुढ नेकपाको कुन पक्षलाई आधिकारिकता दिन्छ भन्नेतर्फ पनि ध्यान केन्द्रित गर्नु पर्नेमा छ ।

तर पौडेल पक्षीय नेताहरु भने संविधान विपरित तथा लोकतन्त्रको मर्म विपरित सर्वसत्तावादी सोचबाट प्रेरित भएर  संसद विघटनको निणर्य गरिएको भन्दै सडक आन्दोलनमा उत्रनु पर्ने पक्षमा उभिएका छन ।

बैठकमा पौडेल,महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी तथा कृष्णप्रसाद सिटौला पक्षका गगन थापा र प्रदिप पौडेल लगायतका नेता सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ