arrow

संसद विघटनको सिफारिस लोकतान्त्रिक शासन र विधि विपरित: बरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
Ramchandra-Poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनका लागि गरिएको सिफारिस गर्नु लोकतान्त्रिक शासन र विधिको विपरित भएको बताएका छन् ।

आइतबार विहान हाम्राकुरालाई प्रतिक्रिया दिंदै बरिष्ठ नेता पौडेलले संसद विघटनको सिफारिसलाई राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकृत गर्नुहुँदै भने ।

पौडेलले भने, ‘यस्तो अवस्थामा राष्ट्रपतिले अभिभावकीय जिम्मेवारी देखाउनुपर्छ । मुलुकलाई अस्थीरता तर्फ लैजाने अवस्थालाई राष्ट्रपतिले सहीछाप गर्नुहुँदैन ।’

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ