जुम्ला । एमाले नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेका कुरालाई आफैँले लात हानेको बताएका छन् । जुम्ला पुगेका नेता नेपालले कार्यकर्तालाई प्रशिक्षण दिँदै नेपालको व्यवस्थापिका–संसदमा बुद्ध, जानकी र सगरमाथाको देशसँगको लामो मित्रता छ भनी व्याख्या गरे पनि व्यवहारतः त्यसो नगरेको बताएका हुन् ।
भारतीय नेताले अहिले नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिएको नेता नेपालको टिप्पणी छ । नाकाबन्दी अहिलेको प्रमुख चुनौती भएकाले यसको समाधानलाई सरकारले पहिलो प्रथामिकता दिनुपर्ने बताए । नेता नेपालले भने, ‘सरकार मूख दर्शक बन्न हुँदैन ।’ कर्णालीको पानी, जडीबुटी, खाद्यान्न र मौलिक संस्कृतिलाई उपयोग गरी अधिकतम फाइदा लिन सकने मोदी भाषाको प्रयोग भने नेपालले समेत गरेका थिए ।