arrow

ओली सरकार भ्रष्टाचारी भन्दै दार्चुलामा कांग्रेसको विरोध प्रदर्शन

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
darchula-congress.PNG

दार्चुला । सरकारको बिरोधमा देशव्यापी प्रदर्शन गरेको नेपाली कांग्रेसले दार्चुला सदरमुकाम खलंगामा पनि बृहत प्रदर्शन गरेको छ । कांग्रेस जिल्ला सभापति ललित सिंह बोहराको नेतृत्वमा सुरु गरिएको प्रदर्शन खलंगा बजारको बंगाबगड, घाटबजार बसपार्क परिक्रमा पछि खुला मन्चमा आएर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति ललित सिंह बोहराले वर्तमान सरकार संचालन गरिरहेका नेकपाका सबै नेताहरु भ्रष्टाचारी भएको आरोप लगाए । पछिल्लो समय एक पछि अर्का नेकपाका नेताहरुले गरिरहेको भ्रष्टाचारको अडियो टेपहरु बाहिर आइरहेको भन्दै सभापति बोहराले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्ने तिनकै सचिवालयका नेताहरुले दिनानुदिन भ्रष्टाचार गर्ने यो कस्तो सुसासन हो' उनले प्रश्न गरे ।
 
जनताको मतले सिंहदरवार पसेकाहरु जनतालाई नै बन्दक बनाईरहेको सभापति बोहराको भनाई थियो । वर्तमान सरकारका नेताहरु सत्ता चलाउने र पैसा कमाउने खेलमा मात्रै सिमित रहेको उनले बताए । नेकपा पार्टी सचिवालयका सबै नेताहरु भ्रष्टाचारीको नामले चिनि सकिएको भन्दै अबको दुई वर्षपछि देशमा कांग्रेसको सरकार आउने पनि बताए । 

विरोधसभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले कम्युनिष्टको नाममा दम्भी, अत्याचारी र भ्रष्ट सरकार बनेको बताए । कम्युनिष्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउन थालेको भन्दै उनीहरुले त्यसको विरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका छन् । कांग्रेसले नेकपा सरकारको सर्वसत्तावादको बिरोधमा प्रदर्शन गरेको जनाएको छ ।

बिरोध सभामा दार्चुलाका नौ वटै स्थानीय तहका कांग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कोरोनाको संक्रमणपछि कांग्रेसद्धारा आयोजित यो अहिलेसम्मको ठूलो प्रदर्शन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ