गोली हानी हत्या गरिएको अवस्थामा भेटियो प्रधानाध्यापकको शव
विप्लव समूहले लगेको थियो घरबाट
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
659
Shares
बेलबारी। मोरङको मिक्लाजुङमा एक जना प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ। मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको अवस्थामा मंगलबार विहान शव भेटिएको हो। श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ।
मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ। बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।