एकैसाथ ३९६ अस्पताल शिलान्यासलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद –धनराज गुरुङ
प्रकाशित २०७७ मंसिर १५ सोमबार
522
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले सोमबार एकैसाथ देशभर अस्पताल शिलान्यास गर्नुलाई राम्रो भए पनि क्रान्तिको संज्ञा दिनु भने हाँस्यास्पद भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमार्फत उनले ‘३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकारात्मक भए पनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद’ भनी टिप्पणी गरेका हुन् ।
नेता गुरुङले भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामग्री, डाक्टर र औषधि नभएका अवस्थामा फेरि ३९६ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गर्दा त्यसले लिने रुपको समेत परिकल्पना गर्न सकिने आँकलन समेत गरेका छन् ।
उनले भनेका छन्, ‘भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामग्री, डाक्टर र औषधि छेन तर कुरा चैं ठुला ?’
उनले सरकारले यसअघि नयाँ युगको सुरुवात पनि गरेको देखेकै हो भन्दै लेखेका छन्, ‘बिजुलीको पोलहरुमा टाँसिएको फोटो सहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं ।’