बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
925
Shares
काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन् । महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर शाहलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन् ।
कर्णाली प्रदेश प्रमुखमा मनोनीत भएका शाहलाई बिश्व हिन्दु युवा संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी छ। उनले बिश्व हिन्दु युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका छन् ।
शाह नेपालमा पूर्वीय दर्शनको नीति लागु हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने अभियानमा निरन्तर लागि रहेका छन्। बिश्व हिन्दु युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर बिस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्त्वपूर्ण भुमिका समेत खेल्दै आएका छन्।