राजसंस्था पुनःस्थापनाको माग गर्दै बिराटनगरमा मोटरसाइकल र्याली
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
485
Shares
बेलबारी। वीर गोर्खाली अभियानले विराटनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै बिहिवार मोटरसाइकल र्याली निकालेको छ। देश र श्रीपेचको रक्षाको लागि भन्दै विराटनगरमा मोटरसाइकल र्याली सहित प्रदर्शन भएको हो।
राष्ट्रिय झण्डा सहित पूर्व राजारानी ज्ञानेन्द्र, कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर विराटनगर ४ कञ्चनबारीबाट निस्किएको र्याली बरगाछी हुँदै विराटनगर महानगरपालिका परिक्रमा गरि सोही स्थानमा आएर सम्पन्न भएको थियो।
र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी गरेको छ। केहि दिन अघी यस्तै र्याली लुम्बिनी प्रदेशको बुटवलमा समेत निकालिएको थियो। त्यहाँ पनि सयौंको संख्याका मोटरसाइकल चालकहरु र्यालीमा सहभागी थिए।