कांग्रेस संसदीय दलद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
766
Shares
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर कसीको निधनप्रति दुःख व्यक्त गरेको छ । सांसद केसीको गए राति निधन भएको हो। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक विज्ञप्तिमार्फत केसीको आत्माको चिरशान्तिको कामनाका साथै श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०१४ मा माता पदमकुमारी देवी र पीता कीर्तिबहादुरको ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका केसी २०७४ सालमा कांग्रेसको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य भएका थिए।
उनी राजनीतिमा शालीन र भद्र व्यतित्वको रुपमा परिचित थिए। नेपालको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका केसी औद्योगिक क्षेत्रमा एक सम्मानित एवं प्रतिष्ठित व्यक्तित्व थिए। सांसद केसीको निधनले कांग्रेस र नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको संसदीय दलले जनाएको।