नेपालगञ्जमा भेटियो टाउको नभएको सडेगलेको बेवारिसे शव
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
786
Shares
नेपालगञ्ज । नेपालगञ्जमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लक्दहवास्थित फौजदार वर्माको बारीमा रहेको पोखरीको बीचमा पुरुष जस्तो देखिने अपरिचित व्यक्तिको शव सडेगलेको अवस्थामा फेला पारेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा गएको प्रहरी टोलीले शव सडेर गलेको अवस्थामा कंकाल मात्र रहेको, टाउको नभएको, कपालको केही भाग मात्र रहेको, खुट्टा गोलीगाँठा भन्दा माथिको भाग मात्र रहेको, अन्य शरीर पूरै सडेगलेको, पोष्टमार्टम समेत गर्न नमिल्ने क्षत्विक्षत अवस्थामा भेटिएको छ ।
शरीरको बचेको बाँकि भागलाई पोखरीबाट बाहिर निकाली मुचुल्का बनाई पोखरीको छेउँमा गाडेको प्रहरीले जनाएको छ ।