arrow

व्यवसायिक पेट्रोल आयातको सम्झौता गर्न सरकारी टोली चीन जाँदै

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1371961246.jpeg
काठमाडौं । चीनबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धी सम्झौता गर्न सरकारी टोली शुक्रबार चीन जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव शम्भु घिमिरेको संयोजकत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले मन्त्रालयमा विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 
 
सरकारी टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त अर्थ, कानून, परराष्ट्र र नेपाल अइल निगमका अधिकारीहरु सहभागी हुने छन् । वाणिज्य तथा आपूर्ति मन्त्री पुनले चीनबाट आयात गरिने पेट्रोलियम पदार्थको मूल्य निकै कममात्र बढी हुनसक्ने जानकारी दिए । मन्त्रालयले चीनबाहेक बंगलादेश लगायत अन्य देशहरुबाट पनि आयात गर्ने विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइरहेको मन्त्री पुनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ