arrow

१४ सचिवको सरुवा, दाहाल संयोजक रहेको उच्चस्तरीय राजनीतिक समितिमा पनि सदस्य सचिवको व्यवस्था

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
109986366.jpeg
काठमाडौं । सरकारले गृह र अर्थसहितका महत्वपूर्ण मन्त्रालय तथा निकायका १४ सचिवको सरुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको  सरुवा गरेको हो । 
मन्त्रिपरिसद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई गृह, भूमिसुधारका लोकदर्शन रेग्मीलाई अर्थ, वन तथा भूसंरक्षणका मधु रेग्मीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ऊर्जाका राजेन्द्रकिशोर क्षेत्रीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । 
 
यस्तै, गृह सचिव सूर्य सिलवाललाई भूमिसुधार, अर्थसचिव सुमन शर्मालाई ऊर्जा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोग, युवा तथा खेलकुद मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहमा रहेका विजय मल्लिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ ।  
 
शान्ति तथा पुनःनिर्माणका रमेशकुमार शर्मा महालेखा नियन्त्रणको कार्यालय, रक्षा मन्त्रालयका ईश्वरीप्रसाद पौडेल शान्ति तथा पुनःनिर्माण, अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुर वन तथा भूसंरक्षण, राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनाली युवा तथा खेलकुद मन्त्रालय, सुदूरपश्चिम क्षेत्रीय प्रशासक शरदराज बिष्ट सूचना आयोगमा पदस्थापन भएका छन् । 
 
यसैबीच, विहिबारको मन्त्रिपरिषद्ले उपराष्ट्रपति कार्यालयकी निमित्त सचिव जीवनप्रभा लामालाई एमाओवादी अध्यक्ष संयोजक रहेको सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक समितिको सदस्यसचिवको जिम्मेवारी दिएको छ । कायम मुकायम सचिवबाट ६ महिना अवधि पुगि सह–सचिवमा घटुवा भएकी लामालाई सचिव सरहको सुविधा पाउने गरी समितिको सदस्यसचिव बनाइएको स्रोतले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ