arrow

एक ईन्च पनि सीमांकन फेरबदल हुँदैनः लेखक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1859788842.jpeg
काठमाडौ । नेपाली काग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक ईन्च पनि फेरबदल नहुने स्पष्ट पारेका छन ।  रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेर बल गर्न नसकिने बताए । 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा लेखकले भने,‘दोस्रो संविधान सभाले जातीय राज्य हुँदैन भनेर निर्णय गरेपछि सात प्रदेश बनाएका हौ । नेपाली काग्रेसले जातीय राज्य कहिल्यै मान्दैन । ९० प्रतिसत जनप्रतिनिधिले सर्वसम्मतिले बनाएको सीमांकनमा पाँच जिल्लालाई विवादित भन्ने हो भने कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापमा जनमत संग्रह गर्नु पर्छ ।’

लेखकले कैलालीमा थारुको बस्ती छ भन्दैमा कैलाली टुक्राउने कुरा कुनै पनि हालतमा नमान्ने भन्दै बर्दिया, बाँकेका पहाडै थारुहरुसँग मिलेर बस्न हुने अनि कैलालीका थारुलाई  पहाडेसँग मिलेर बस्न किन नहुने भनि प्रश्न गरे । 

उनले कैलाली र कञ्चनपुर ईतिहासमा कहिल्यै पनि थरुहट र मधेसको भूमि नभएको दावी गर्दै भने,‘ त्यो क्षेत्र पहिला सिंजा राज्यमा थियो, त्यसपछि डोटी राज्यमा थियो, डोटी राज्यबाटै नेपालमा एकीकरण भयो ।’

लेखकले कैलाली र कञ्चनपुरमा कुनै पनि हालतमा पुर्नविचार नहुने भन्दै कैलाली र कञ्चनपुरलाई च्यात्ने काम भयो भने नेपालको ईतिहासमा अहिलेसम्म नभएको आन्दोलन हुने चेतावनी दिए । 

सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरणले राजनीतिक सहमतिमा संयन्त्र बनाएर मात्रै सीमांकन फेरबदल हुन सक्ने भन्दै कसैको दवावमा अहिले नै सीमांकन हुन नसक्ने स्पष्ट पारे । 

उनले तत्काल संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पारित गरेर अघि बढ्नु पर्ने भन्दै यो सँगै संविधानबाट मधेसी जनताले पाएको अधिकारको विषयमा बुझाउनु पर्ने आवश्यकता औल्याए । 

प्रभाकरले  नेपालीले संविधान बनाए बापत नेपालले नाकाबन्दी खेपीरहेको भन्दै यसका विरुद्ध नेपाल र भारतका जनता एकताबद्ध हुनु पर्ने आवश्यकता औल्याए ।  उनले पेट्रोलियम पदार्थ कालावजारी रोक्न सरकारले तत्काल पहल थाल्नु पर्ने भन्दै पेट्रोलियम पदार्थमा संस्थागत भ्रष्टाचार भएको विषयमा लेखा समितिले छानविन गरिरहेकोले भ्रष्टहरुलाई निलम्बन गर्न माग गरे । 

नेकपा एमालेका नेता केशब बडालले संविधान कार्यान्वयन नहुँदै प्रदेशको सीमांकन चलाउँदा एउटा खुसी हुने र अर्को आक्रोसित हुने अवस्था आउने भन्दै माग राख्नेले सम्बन्धीत क्षेत्रका जनताको भावना छ कि छैन भन्ने कुरालाई गंभिरता पूर्वक विचार गर्न आग्रह गरे । 

उनले भने,‘पूर्वका तीन जिल्लाका जनता सीमांकन फेरबदलको पक्षमा छैनन । पश्चिमका पनि राना थारु छुट्टीने पक्षमा छैन डगौरा थारुका केही मात्रै यो पक्षमा छन ।’ संविधान कार्यान्वयनमा समेत नआई संसोधन गर्द राम्रो नहुने भएकोले नपुगेका मागहरु समयक्रममा दुई तिहाई बहुमतबाट संसदले संसोधन हुँदै जाने बताए । बडालले नाकाबन्दी अन्त्य गर्नु पर्ने भन्दै यसले कसैको जित नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ